बिगबोस-१४ को उपाधि रुबिना डलैकलाई – Nepal Press

बिगबोस-१४ को उपाधि रुबिना डलैकलाई

मुम्बइ । भारतीय टेलिभिजन रियालिटी सो बिगबोस–१४ को उपाधि रुबिना डलैकले जितेकी छिन् । आइतबार राती भएको ग्रान्ड फिनालीमा बिगबोसको उपाधि डलैकको नाममा गयो ।

सोमा उपलब्ध गराइएका टास्क र प्रतियोगी अभिनव शुक्लासँग विहे गर्ने भनेरै आफू बिगबोसमा आएकोजस्ता अभिव्यक्तिले डलैक सुरुदेखि नै चर्चामा आएकी थिइन् ।

फिनाली कार्यक्रममा अभिनव शुक्ला डलैकसँग भ्यालेन्टाइन मनाउने भनेर मंचमा आएका थिए जहाँ उनले विहे प्रस्ताव पनि राखे । तर, यसपटक भने डलैक भागिन् । फिनालीमा डलैकले चार महिना घरभित्र बस्दाका अनुभव सेयर गरिन् र भावुक तुल्याइन् ।

राहुल वैद्यलाई उछिन्दै डलैक बिगबोसमा विजयी भएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *