कालु पाँडेको समाधिस्थलमा ठडियो पूर्ण कदको सालिक, प्रधानमन्त्रीबाट अनावरण (तस्बिरहरु) – Nepal Press
कालु पाँडेको समाधिस्थलमा ठडियो पूर्ण कदको सालिक, प्रधानमन्त्रीबाट अनावरण (तस्बिरहरु)
विजय गजमेर २०७७ फागुन ९ गते १५:२७
२०७७ फागुन ९ गते १५:२७

काठमाडौं । नेपाल राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहसँगै अब काठमाडौंमा त्यस एकीकरणमा पृथ्वीनारायणको सेनापति बनेर भूमिका खेलेका कालु पाँडे पनि सम्झिइने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको सालिक आइतबार अनावरण गरेसँगै अब काठमाडौंमा नेपाल एकीकरण गर्ने राजा र सेनापतिको सालिक ठगिएका हुन् ।

काठमाडौंको दहचोक अर्थात् इन्द्र दहमा तेस्रो पर्यटन महोत्सवसँगै प्रधानमन्त्रीले कालु पाँडेको पूर्णकदको सालिक पनि अनावरण गरे ।

अघिल्लो वर्ष प्रधानमन्त्रीकै पहलमा कालु पाँडेको समाधिस्थल रहेको यो ठाउँका पूर्णकदको सालिक बनाउन थालिएको थियो ।

प्रधानमन्त्री ओलीले दहचोकमै अवस्थित निर्माणाधीन पाँचतले भ्यू टावरको समेत अवलोकन गरेका छन्। उनले कालु पाँडे समाधिस्थलबाट हिमाल र गोरखा मनकामना क्षेत्रको अवलोकन गरेका थिए ।

वि स १७७० मा गोरखा जिल्लामा जन्मिएका नेपाल एकीकरणका नायक काजी कालु पाँडे (बंशीधर पाण्डे) को समाधिस्थल चन्द्रागिरि नगरपालिकाको दहचोकमा छ । काजी कालु पाँडे १८१४ साल कीर्तिपुरमा भएको युद्धमा मारिएका थिए ।