नेप्से ३.६६ अंकले बढ्दा ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार – Nepal Press

नेप्से ३.६६ अंकले बढ्दा ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार

काठमाडौं । आइतवार सेयर बजार नेप्से परिसूचक   ३.६६ अंकले बढ्दै २६४०.३४ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने २.२० अंकको गिरावट हुँदै ४७९.५८ अंकको विन्दुमा पुगेर कारोवार वन्द भएको छ ।

आज भएको २०३ कम्पनीको कारोबारमा २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनवेचबाट ८ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

समूहगत परिसूचक तर्फ आज १२ समूहका कम्पनीहरुको करोवार भएकोमा ब्यापार , होटल, विकास बैंक, जलविद्युत , उत्पादन , सामुहिक लगानीकोष र अन्य समूहको कारोवारमा सामान्य अंकको वृद्धि देखिएको छ भने बैंकिङ , वित्तीय , नीर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स कम्पनीका शेयरमा गिरावट आएको छ ।

सबैभन्दा धेरै जलविद्युत समूहका शेयरमा ८३ अंकको गिरावट देखिएको छ भने सबैभन्दा कम जीवना बीमा समूहको शेयर मूल्यमा ३६१.४६ अंकको गिरावट आएको छ ।

आइतवार अपर तामाकोशी , सिवश्री जलविद्युत कम्पनी , नेपाल पूर्वाधार विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स कम्पनी , चन्द्रागिरि हिल्स लगायतका ५ वटा कम्पनीको कारोवारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।

वेष्ट फाइनान्स कम्पनीका लागानीकर्ताले सबैभन्दा धेरै ३.३७ प्रतिशतले गुमाएका छन् । ६१ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेपाल बैंक लिमिटेड सबैभन्दा वढी कारोबार गर्ने कम्पनी बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर