सप्तरी प्रहरीले पक्राउ गर्‍यो पाँच महिनामा ५०५ फरार अपराधी – Nepal Press

सप्तरी प्रहरीले पक्राउ गर्‍यो पाँच महिनामा ५०५ फरार अपराधी

काठमाडौं । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा सप्तरी प्रहरीले ती फरार अपराधीलाई पक्राउ गरेको हो ।

पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय मो. सहादतलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ ।

पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष छ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता १२ लाख ७७ हजार ७२६ रुपैयाँ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रनाउ साहको भनाइ छ ।

पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर