नागरिक एपलाई प्रभावकारी बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह – Nepal Press

नागरिक एपलाई प्रभावकारी बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौं –सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले नागरिक एपलाई प्रभावकारी बनाउन विद्युत व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सरकारी सेवा लिन कार्यालय जान र कुनै झन्झट बेहोर्न नपर्ने गरी नागरिक एप सुरु गरिएको जानकारी दिंदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अनलाइनबाट सेवा प्रवाह भन्ने अभियानलाई सफल बनाउन आग्रह गरे ।

शनिबार काठमाडौंमा आयोजित काठमाडौं विद्युतीय व्यवसायी संघको एघारौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री गुरुङले प्रत्येक नागरिकको घरमा पुग्ने विद्युतीय सामग्रीहरु गुणस्तरीय, सस्तो र सर्वसुलभ हुनुपर्नेमा जोड दिए ।

डिजिटल नेपाल फ्रेमवर्कका लागि हरेक स्थानमा विद्युत हुनुपर्ने र विद्युत् भएपछि विद्युतीय सामग्री हुनुपर्ने भएकाले यस्ता कारोबार गर्ने व्यवसायीहरुले जनताको सेवाभावले कार्य गर्नुपर्ने खाँचो व्यक्त गरे ।

व्यवसायीले उद्योग, व्यवसाय सञ्चालन गर्न दर्ता प्रकृयादेखि कर तिर्नसम्म झन्झट बेहोरिरहेको गुनासो आएकाले नागरिक एप प्रयोगपछि यस्ताे गुनासाे सुन्न नपर्ने पनि मन्त्री गुरुङले बताए । व्यवसाय दर्ता, कर भुक्तानी जस्ता कामहरु नागरिक एपबाट नै हुने जानकारी दिंदै उनले भविष्यमा उक्त एपमा सरकारबाट उपलब्ध गराउने सबै सेवाहरु राखिने जानकारी पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर