भीमदत्तका मेयर ओली पक्षमा, लिए जिल्ला सचिवको शपथ – Nepal Press

भीमदत्तका मेयर ओली पक्षमा, लिए जिल्ला सचिवको शपथ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट केपी ओली नेतृत्वको नेकपामा लागेका छन् । प्रचण्ड–माधव पक्षसँग नजिक मानिएका विष्टले केही दिनअघि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि कित्ता परिवर्तन गरेका थिए ।

विष्ट ओली पक्षीय नेकपाको कञ्चनपुर जिल्ला कमिटी सचिव चयन भएका छन् । उनलाई शनिवारै महेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सचिव पदको शपथ खुवाएका छन् ।

पूर्व माओवादीबाट जिल्ला अध्यक्ष रहेका वीरबहादुर थापा ओली पक्षमा लागिसकेका छन् । रिक्त सचिव पदमा मेयर विष्टलाई चयन गरिएको नेकपा ओली पक्षले जनाएको छ ।

विष्ट तत्कालीन एमालेको राजनीतिमा माधव नेपाल निकट मानिन्थे । विष्ट जिल्लाका प्रभावशाली नेता मानिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर