ओली पक्षीय युवासंघले भन्यो- भ्रम चिर्न सबै कमिटीमा ‘साइबर सेना’को युनिट – Nepal Press

ओली पक्षीय युवासंघले भन्यो- भ्रम चिर्न सबै कमिटीमा ‘साइबर सेना’को युनिट

काठमाडौं । केपी ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले सरकार र पार्टी नेतृत्वविरुद्ध सिण्डिकेट खडा गरेर थालिएको भ्रम चिर्न साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युवासंघका अध्यक्ष वचनबहादुर सिंहले विभिन्न मिडियामार्फत चलाइएको भ्रम चिर्न साइबर सेनाको युनिट बनाइएको बताए ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ- युवा संघ नेपालले युगीन उपलब्धिहरुको रक्षा, प्रयोग र विकास गर्न प्रत्येक तहको कमिटी प्रणालीमा छुट्टै साइबर सेनाको युनिट निर्माण गर्दै संघद्वारा निर्धारित आचारसंहिताभित्र रही एकढिक्का भई प्रतिकार गर्न युवाशक्ति परिचालन गर्नेछ ।

युवा संघले केही कथित बौद्धिक अराजकतावादीहरुले देशमा अस्थिरता मच्चाउन खोजिरहेको आरोप लगाएको छ । उनीहरुका पाखण्ड भण्डाफोर गर्दै जनतालाई यथार्थ बुझाउन साइबर सेनाको युनिट बनाउन लागिएको सिंहले बताए । ओली पक्षीय युवा संघले देशभर चुनावको अभियान चलाउने र पाँच लाख युवालाई नयाँ सदस्य बनाउने दाबी समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर