दैनिक संक्रमित संख्या सयभन्दा तल झर्‍यो, शनिबार ८८ संक्रमित थपिए – Nepal Press

दैनिक संक्रमित संख्या सयभन्दा तल झर्‍यो, शनिबार ८८ संक्रमित थपिए

काठमाडौं । नेपालमा दैनिक कोरोनाभाइरस संक्रमणको संख्या एकसयभन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा देशभरमा ८८ जना संक्रमित थपिएका छन् ।

२,०४८ पीसीआर परिक्षणमध्ये त्यति जनामा मात्र संक्रमण पुष्टि भएको हो । २४ घन्टामा भाइरसबाट मृत्यु हुनेको संख्या शुन्य छ । सोही अवधीमा निको हुनेको संख्या १३६ छ ।

अहिलेसम्म नेपालमा भाइरसबाट मृत्यु हुनेको संख्या २०६१ र संक्रमित संख्या २ लाख ७३ हजार ३५१ रहेको छ । शुक्रबारसम्म ३ लाख ८३ हजार ३९८ जनाले कोभिडविरुद्धको खोप लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर