भारतीय खोपलाई नै देशब्यापी प्रयोगमा ल्याऊँ : चिकित्सक संघ – Nepal Press

भारतीय खोपलाई नै देशब्यापी प्रयोगमा ल्याऊँ : चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड-१९ विरुद्धको भारतीय खोपलाई नै प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । संघले विज्ञप्ती जारी गर्दै कुनै ढिलाइ बिना भारतले उत्पादन गरेको कोभिसिल्ड खोप जोखिम वर्गलाई लगाउन सुझाव दिएको छ ।

अन्तराष्ट्रिय क्षेत्रमा पनि मान्यता प्राप्त गरेको र विश्वसनिय भएकाले अक्सफोड र एस्ट्राजेनेकाले विकास गरेको र भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगमा ल्याउन संघले सरकारलाई आग्रह गरेको हो ।

‘तेस्रो देशको खोप कुरेर बस्नुभन्दा भारतीय खोपलाई नै जोखिम वर्गको पहुँचमा पु¥याउनु अहिलेको आवश्यकता हो’ विज्ञप्तीमा उल्लेख छ, ‘यसका लागि सरकारले भारतसँग खोप खरिद गर्न आवश्यक मापदण्ड बनाउन र विना ढिलाइ जोखिमवर्गलाई खोप लगाउन आग्रह गछौं ।’

सरकारको खोप अभियानलाई सहयोग गर्न चिकित्सक संघ तयार रहेको अध्यक्ष डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । पत्रलाई ट्वीटरमा सेयर गर्दै भारतीय राजदूत विनयमोहन क्वात्राले पनि भारतमा बनेको खोप नेपालमा प्रयोगमा आउँदा खुशि लागेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर