महिला लिगमा उत्कृष्ट मिडफिल्डर आर्मीकी विमला – Nepal Press

महिला लिगमा उत्कृष्ट मिडफिल्डर आर्मीकी विमला

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी विमला चौधरी राष्ट्रिय महिला लिगको उत्कृष्ट मिडफिल्डर घोषित भएकी छन् । आर्मीलाई दोस्रो बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेकी विमलाले ५० हजार रूपैयाँ प्राप्त गरेकी छन् ।

विमलाले आफू उत्कृष्ट मिडफिल्डर बन्ने कुरा नसोचेको बताइन् । ‘लिगमा आफू राम्रे खेलेँ जस्तो लागेको थियो,’ उनले भनिन्, ‘तर, उत्कृष्ट मिडफिल्डर बन्ने कुरा सोचेकी थिइँन ।’

शुक्रबार भएको एपिएफविरुद्धको अन्तिम खेल सोचे जस्तो नभएको उनले बताइन् । ‘मैले पनि सकिँन, टोलीले पनि सोचे जस्तो गर्न सकेन।’

फरवाडले पनि खेल्न सकेको भए आर्मी च्याम्पियन बन्न सक्ने उनले बताइन् । उत्कृष्ट घोषित भएकी विमलाले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

अखिल नेपाल फुटबल संघको आयोजनामा माघ ७ गतेदेखि सुरु भएर शुक्रबार समापन भएको लिगमा आर्मी १२ खेलमा ८ जित २ हार र २ बराबरी नतिजा निकाल्दै २६ अंक जोडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *