वेष्टर्न क्लबले बुटवल युथलाई हरायो – Nepal Press

वेष्टर्न क्लबले बुटवल युथलाई हरायो

रुपन्देही । रुपन्देहीमा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले बुटवल युथलाई १० विकेटले पराजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६.१ ओभर खेल्दै सबै विकेट गुमाएर ५४ रनमै समेटियो ।

उसका लागि लक्ष्मण परियारले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा वेष्टर्नका अनिल खरेलले ३, कृष्ण कार्की, सन्देश थापा र विक्रम भुसालले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले कुनै क्षति विना ६ ओभरमा ५८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले ३४ र भुवन पाण्डेले १७ रन बनाए । अनिल खरेल म्यान अफ द म्याच भई पुरस्कृत भए । शनिबार साई ग्लोबल क्रिकेट क्लब र लुम्बिनी शाक्यानबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *