प्रदेश २ प्रमुख झाले लिए शपथ, उपराष्ट्रपति र सभामुख गएनन् – Nepal Press

प्रदेश २ प्रमुख झाले लिए शपथ, उपराष्ट्रपति र सभामुख गएनन्

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शपथ लिएका छन् ।

केही बेरअघि शीतलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने समारोहमा सहभागी भएनन् ।

यसअघि संवैधानिक आयोगका पदाधिकारीहरूको शपथ ग्रहण समारोहमा पनि उपराष्ट्रपति र सभामुख उपस्थित भएका थिएनन् ।

मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले रौतहटका ‘राजेश अहिराज’ लाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन् । मधेश मामिलामा विद्यावारिधि गरेका झा पत्रकारितामा समेत संलग्न छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।


प्रतिक्रिया

One thought on “प्रदेश २ प्रमुख झाले लिए शपथ, उपराष्ट्रपति र सभामुख गएनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर