पेरिसडाँडामा माधव नेपालको ब्रिफिङ–निर्वाचन आयोगले आधिकारिकता नदिए चुप लागिन्न – Nepal Press

पेरिसडाँडामा माधव नेपालको ब्रिफिङ–निर्वाचन आयोगले आधिकारिकता नदिए चुप लागिन्न

काठमाडौं । प्रचण्ड–माधव नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता र सूर्य चिन्ह नपाए थप आन्दोलनमा उत्रिने भन्दै केन्द्रीय सदस्यहरुलाई तयार रहन आग्रह गरेका छन् ।

पेरिसडाँडामा शुक्रवार बसेको केन्द्रीय कमिटीको आकस्मिक बैठकलाई शुरुमै सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगको संकेत राम्रो नदेखिएको सुनाए ।

उनले दुई तिहाई सदस्य आफूहरुसँग हुँदा पनि निर्वाचन आयोगगले आधिकारिकता नदिए चुप नलाग्ने बताए ।

नेपालको भनाई उदृत गर्दै एकजना केन्द्रीय सदस्यले भने–आयोगको चालामाल ठिक देखिएको छैन । केपी ओलीको प्यादा बनिरहेको छ । हामीलाई आधिकारिकता दिएन भने चुप लागेर बसिन्न । जस्तोसुकै आन्दोलन गर्नुपरे पनि तयार हुनुपर्छ ।

नेपालले केपी ओलीले अनेक भ्रम फैलाउने खोजिरहेको र पूर्व एमालेहरु आफ्नो नेतृत्वमा लैजान खोजिरहेको भन्दै भ्रम चिर्नुपर्ने बताए ।उनले यो लडाइ बिचारको भएकाले पूर्व एमाले भन्न जरुरी नरहेको समेत बताएका थिए ।

ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर जनता कार्यकर्तालाई भ्रमित पार्न खोजिरहेकाले भ्रम चिर्न आवश्यक रहेको बताए । बैठकमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेको छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर