७ महिनामा ८ खर्बको आयात, ६९ अर्ब निर्यात – Nepal Press

७ महिनामा ८ खर्बको आयात, ६९ अर्ब निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न देशबाट ८ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । सोही समयमा नेपालबाट भने ६९ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा साउनदेखि माघसम्ममा ८ खर्ब ३ अर्ब  ६४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो । सो अवधिमा ६९ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यातमा सामान्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६४ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको थियो ।

यो तथ्याङ्क यस वर्षको सात महिनाको निर्यातको तुलनामा ७.६२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब रुपैयाँको विदेशबाट सामान आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा ४ करोडले बढीको आयात भएको हो ।

विभागको तथ्यांक अनुसार चालु अबको ७ महिनामा सबैभन्दा धेरै डिजलको आयात भएको छ । सो समयमा डिजल ३९ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै, सोही अवधिमा ३८ अर्ब १३ करोडको एमएस विलेट, २४ अर्बको स्मार्टफोन भित्रिएको छ । २० अर्बको भटमासको तेल र तयारी कपडा १७/१७ अर्ब, चामल र एलपी ग्याँस नेपाल भित्रिएको छ । १५ अर्ब रुपैयाँको पेट्रोल, एचआर सिट र सुन नेपाल आयात भएको छ ।

७ महिनामा नेपालले १९ अर्ब रुपैयाँको भटमासको तेल निर्यात गरेको छ । ४ अर्बको सेन्थेटिक यार्न, अलैंची र ऊनी गलैँचा तथा कार्पेट निर्यात भएको छ ।

३ अर्बको तयारी कपडा र चिया, जमोठ कपडा र जुटका बनेका कपडा २ अर्ब रुपैयाँको निर्यात भएको विभागको तथ्यांकमा रहेको छ । उनी, सुती र टेरीकटन तथा फलफूलको जुस २ अर्बको निर्यात भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *