जीवन सम्भावनाको खोजीमा पठाइएको नासाको अन्तरिक्ष यान मंगलमा अवतरण – Nepal Press

जीवन सम्भावनाको खोजीमा पठाइएको नासाको अन्तरिक्ष यान मंगलमा अवतरण

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभियरेन्स नामक यान मंगल ग्रहमा अवतरण गरेको छ ।

सात महिना अगाडि पृथ्वीबाट प्रक्षेपण रिएको त्यस अन्तरिक्ष यानले ४७ करोड किलोमिटर दूरी पूरा गरी नेपाली समयअनुसार शुक्रबार विहान २ बजेर ४० मिनेटमा मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

मंगल ग्रहमा अवतरण गरेलगत्तै क्यालिफोर्नियाको कन्ट्रोल केन्द्रका वैज्ञानिकहरुले हर्षोल्लास मनाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि खुसी साँटेर बैज्ञानिकहरुलाई बधाई दिएका छन् । उनले यस्तो काम अमेरिकाले मात्र गर्न सक्ने र जुनसुकै कुरालाई सम्भव तुल्याउन सकिने भनेका छन् ।

अवतरण भएलगत्तै पर्सिभियरेन्सले पठाएकाे पहिलाे तस्बिर ।

यानले मंगलमा अवतरण गरेपछिको पहिलो तस्बिर पनि पठाइसकेको छ । यसले मंगल ग्रहमा अर्वौं वर्ष पहिले एउटा ताल रहेको र त्यसकै सहायताले जीवहरु बाँचेको तथ्यलाईं पुष्टि गर्ने प्रयास गरिन्छ ।

मंगलको ताल रहेको भनिएको जेजेरो क्षेत्रमै यान अवतरण गराइएको हो । मंगल ग्रहणमा जीवनको सम्भावनाको खोजीका लागि सन् १९७० पछिको यो पहिलो अन्भेषण हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर