प्रदेश २ को दलित विकास समितिमा पदाधिकारी नियुक्त, उपाध्यक्षमा रामप्रवेश बैठा – Nepal Press

प्रदेश २ को दलित विकास समितिमा पदाधिकारी नियुक्त, उपाध्यक्षमा रामप्रवेश बैठा

जनकपुर । प्रदेश २ सरकारले दलित विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ ।

मधेस भवनमा आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले समितिको उपाध्यक्षमा रामप्रवेश बैठालाई नियुक्त गरेको हो । सर्लाहीका बैठा सत्तारुढ जनता समाजवादी पार्टीका नेता पनि हुन् ।

समितिको अध्यक्षमा सामाजिक विकास मन्त्री रहने व्यवस्था छ । मन्त्री नवलकिशोर साहका अनुसार सदस्यहरुमा सेवकी देवी दास (सिरहा), श्यामसुन्दर सरदार (सप्तरी), राजकुमार दास तत्मा (रौतहट) र सुनिता मरिक डोम (सिरहा)लाई नियुक्त गरिएको छ । सिरहाकी दास पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट समानुपातिक सांसद भएकी थिइन् ।

दलित सशक्तिकरण ऐन बनेको करिब एक वर्ष वितिसकेको छ । तर कार्यान्वयनमा नआउँदा दलित अगुवाहरुले प्रदेश सरकारको आलोचना गरिरहेका थिए । समितिका पदाधिकारी नियुक्त गरेपछि अब ऐन कार्यान्वयनमा आउने मन्त्री साहले विश्वास व्यक्त गरे ।

दलितलाई शिक्षित बनाउन छात्राहरुलाई मासिक भत्ता दिने समितिको योजना छ । यस प्रदेशका आठै जिल्लामा दलित छात्रावास समेत निर्माण भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर