सैनिक उपस्थितिसँग जोडिए नेपालले एमसीसी अनुदान गुमाउन सक्ने राजदूत बेरीको चेतावनी – Nepal Press

सैनिक उपस्थितिसँग जोडिए नेपालले एमसीसी अनुदान गुमाउन सक्ने राजदूत बेरीको चेतावनी

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली जनताले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सैनिक उपस्थितिसँग जोडेर हेरे नेपालले यो बृहत् अनुदान गुमाउन सक्ने चेतावनी दिएका छन् ।

सन् २०१७ मा हस्ताक्षर गरिएको ५५ अर्बको एमसीसी सम्झौता कार्यान्वयन संसद विघटनसँगै अन्याेलग्रस्त भइरहेको बेला बेरीको यस्तो अभिव्यक्ति आएको हो । सहमति अनुसार सम्झौता कार्यान्वयनका लागि संसदीय अनुमोदन जरुरी हुन्छ ।

विहीबार नेपाल आर्मी कमान्ड एन्ड स्टाफका सैनिक अधिकृत र प्रशिक्षार्थीलाई सम्बोधन गर्दै बेरीले यस्तो बताएका हुन् । चर्चा गरिएजस्तो सैनिक उपस्थितिसँग कार्यक्रमको कुनै सम्बन्ध नरहेको समेत राजदूत बेरीले बताए ।

सैनिक गतिविधिमा एमसीसी लागू गरिनु अमेरिकी कानून विपरीत रहेको बताउँदै उनले यसबारे सबै तथ्य सार्वजनिक गरिएको बताए । नेपालले विकासको सम्भावना बोकेको अनुदान गुमाउन सक्ने जोखिम बढ्दै गएको समेत राजदूत बेरीले बताए ।

अमेरिकी सरकारले नेपालमा कुनै सैनिक उपस्थिति र सैनिक ध्रुवीकरण नचाहेको समेत उनले प्रष्ट पारे । नेपाली सैनिकलाई सुदृढ बनाउने बारेमा अमेरिकी सहयोग निरन्तर हुने उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर