चन्द्रपुरलाई पराजित गर्दै वालिङ तेस्रो स्थानमा – Nepal Press

चन्द्रपुरलाई पराजित गर्दै वालिङ तेस्रो स्थानमा

काठमाडौं । वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको आफ्नो अन्तिम खेलमा बिहीबार चन्द्रपुर नगरपालिकालाई ३-० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १७औं मिनेटमा हिमा रावतले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

त्यसको दुई मिनेट नबित्दै मेथो एल्युडी रुथले गोल गर्दै वालिङको अग्रता दोब्बर पारेकी थिइन् ।  पहिलो हाफमा २-० को अग्रता लिएको वालिङका लागि ५४औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै टोलीका लागि ३-० को जित सुनिश्चित गरिन् ।

जितसँगै १२ खेलमा ५ जित, ५ हार र दुई बराबरीसँगै १७ अंक जोडेको वालिङ लिग तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा तीन जित ९ हार बेहोरेको चन्द्रपुर छैठौं स्थानमा छ । विभागीय टोली एपिएफ दुई खेल अगावै च्याम्पियन बनिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *