विश्व नम्बर एक जोकोभिच लगातार तेस्रो पटक अस्ट्रेलियन ओपनको फाइनलमा – Nepal Press

विश्व नम्बर एक जोकोभिच लगातार तेस्रो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलिय ओपनको फाइनलमा पुगेका छन् । बिहीबार भएको समिफाइनलमा रुसी खेलाडी एस्लान करात्सेभलाई ६-३, ६-४, ६-२ को सोझो सेटमा पराजित गर्दै साविक विजेतासमेत रहेका जोकोभिच फाइनलमा पुगेका हुन् ।

उनले उपाधिका लागि चौथो बरियताका ड्यानियल मेड्भेडेभ र पाँचौं बरियताका स्टेफानो सित्सिपस बीचको विजेतासँग खेल्ने छन् । जोकोभिचले यसअघिका दुई संस्करण लगातार जितेका थिए । १७ पटकका च्याम्पियन जोकोभिच लगातार तेस्रो पटक उपाधि जित्ने योजनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *