सुन ९ महिनायता पहिलोपटक सस्तो, यस्तो छ मूल्य घट्नुको कारण – Nepal Press

सुन ९ महिनायता पहिलोपटक सस्तो, यस्तो छ मूल्य घट्नुको कारण

काठमाडौं । पछिल्लो ९ महिनामा पहिलोपटक सुनको भाउ सस्तो भएको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार २ सय र तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रियरूपमा सुनको मागमा कमी आउन थालेपछी सुनको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

‘अन्तर्राष्ट्रियरुपमा कोभिडको असर कम हुँदै जाँदा विश्वअर्थतन्त्रका लगानीका अन्य क्षेत्रहरु चलायमान हुनथालेका छन् । जसले गर्दा सुनमा लगानी गर्ने प्रवृत्ति परिवर्तन सँगै यसको मागमा कमी आएको छ । अर्कोतर्फ नेपाली रूपैयाँ डलरको तुलनामा बलियो वनेका कारणले पनि सुनको मुल्यमा गिरावट आएको हुनसक्छ, शाक्यले भने । ’

नेपालमा गत जेठमा सुनको मूल्य सबैभन्दा वढी १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *