राष्ट्रसंघीय जलवायु सम्मेलन अध्यक्ष जोमसोममा, स्याउ बगैंचा र हिमालबारे चासो – Nepal Press

राष्ट्रसंघीय जलवायु सम्मेलन अध्यक्ष जोमसोममा, स्याउ बगैंचा र हिमालबारे चासो

काठमाडौं । राष्ट्रसंघिय विश्व जलवायु परिवर्तन सम्मेलन (कोप२६)का अध्यक्ष आलोक शर्मा जोमसोम पुगेका छन् । बेलायती सांसद समेत रहेका उनले मुस्ताङको सदरमुकाम जोमसोममा स्थानीयसँग जलवायु परिवर्तनको प्रभावबारे कुरा सुने ।

बेलायती दुतावासका अनुसार शर्माले जलवायु परिवर्तनले मुस्ताङमा पारेको प्रभाव र असरबारे स्थानीयको अनुभव टिपेका थिए । स्थानीले धौलागिरी र नीलगिर हिमश्रृंखलामा हिउँ रित्तिएको, स्याउ उत्पादनमा समस्या भएको र पानीको संकट भएको लगायतका समस्या बताएका थिए ।

नेपालको हिमालयमा जलवायु परिवर्तनले पारेको असरको अध्ययन गर्न शर्मा नेतृत्वको टोली अहिले दक्षिण एसियाको भ्रमणमा छ । भारतपछि उनी हिमाली मुलुक नेपालको भ्रमणमा आएका हुन् । बुधबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे ।

बुधबारै उनले नेपालस्थित जलवायु परिवर्तन अभियन्ता, सरकारी प्रतिनिधि, नागरिक समाजका अगुवासँग भेट गरे । उनले उक्त अवसरमा वृक्षारोपण पनि गरेका थिए । राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलन २०२१ लाई कोप२१ पनि भनिन्छ ।

आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्यान्डको ग्लास्गोमा सम्मेलन हुने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर