अष्ट्रेलियामा सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुन विवादमा, फेसबुकले समाचारमा रोक लगायो – Nepal Press

अष्ट्रेलियामा सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुन विवादमा, फेसबुकले समाचारमा रोक लगायो

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतको दर्ता हुनुपर्ने र नियमन गर्ने बहस चलिरहेका बेला अष्ट्रेलियामा पनि सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुन विवादमा परेको छ ।

बिबिसीका अनुसार अष्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण फेसबुकले अष्ट्रेलियाली प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र साझा गर्नमा रोक लगाउने घोषणा गरेको छ।

केही प्रयोगकर्ताले निश्चित समाचार साइटबाट सामग्री साझा गर्न नमिल्ने बनाइसकिएको बताएका छन्।

प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अष्ट्रलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरेबापत शुल्क तिर्न बाध्य पार्नेछ।

यसअघि गुगलले अष्ट्रेलियामा आफ्नो सर्चइन्जिन बन्द गर्ने धम्की दिएको थियो।

तर बुधवार भने उसले विश्वकै सबैभन्दा ठूलो समाचार संस्था न्यूज कर्पसँग सहमति गरेको घोषणा गरेको छ।

बिबिसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर