नेपाल प्रहरीका ५ प्राविधिक हवल्दार असईमा बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका ५ प्राविधिक हवल्दार असईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५ प्राविधिक प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षक (असई)मा बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप समूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फका प्रहरी हवल्दारको सोही समुहमा रिक्त रहेको असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

यसअघि बढुवा समितिको बैठकले प्रहरी सहायक निरिक्षक (असई)बाट प्रहरी नायव निरीक्षक (सई)मा बढुवा गरेपछि पद रिक्त भएको ठाउँमा उनिहरुको बढुवा भएको हो ।

बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी नायव उपरीक्षक डिएसपी होम पराजुलीले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *