देवको अभिव्यक्तिप्रति प्रचण्ड-माधव पक्षको आपत्ति, अमित शाहसँग मागियो प्रष्टीकरण – Nepal Press

देवको अभिव्यक्तिप्रति प्रचण्ड-माधव पक्षको आपत्ति, अमित शाहसँग मागियो प्रष्टीकरण

काठमाडौं । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिलाई लिएर नेकपा (दाहाल-नेपाल) पक्षले आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा हस्ताक्षरित वक्तव्यमा भारतीय गृहमन्त्री अमित शाहले अभिव्यक्तिलाई प्रष्ट पार्नुपर्ने माग राखिएको छ ।

संवेदनशिल विषयमा दिइएको अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने भन्दै विज्ञप्तीमा प्रष्टीकरण माग गरिएको छ ।

हालै त्रिपुरा राज्यका मुख्यमन्त्री देवले भारतीय गृहमन्त्री शाहले नेपाल र श्रीलंकामा बीजेपी संगठन विस्तार गरेर सरकार बनाउनुपर्ने बताएको उल्लेख गरेका थिए ।

यो अभिव्यक्तिलाई लिएर नेपालले औपचारिकरुपमै भारतीय विदेश मन्त्रालयमा प्रष्टीकरणसहितको कुटनीतिक नोट पठाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर