सरकारले स्वतन्त्रता कुण्ठित गर्दैन, तर व्यवस्थापन गर्छ: सञ्चारमन्त्री – Nepal Press

सरकारले स्वतन्त्रता कुण्ठित गर्दैन, तर व्यवस्थापन गर्छ: सञ्चारमन्त्री

काठमाडौं । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार प्रेस तथा वाकस्वतन्त्रताको विपक्षमा नरहेको तर स्वतन्त्रताका नाममा हुने विकृति नियन्त्रण गर्नेबारे गम्भीर भएको बताएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको उद्घाटन शत्रमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नु तर्फ रहेको पनि बताए ।

‘पत्रकारिकता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहीन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा मेरो अर्जुनदृष्टि छ’, उनले भने, ‘संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति सम्मान गर्छु ।’

मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेसपासको समस्या समाधान गर्न पनि आफुले ध्यान दिएको बताए । प्रेसपास नवीकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गरिएको उनले जानकारी गराए ।

त्यस्तै पत्रकारिकता क्षेत्रलाई गुणस्तरीय बनाउन पत्रकारका लागि प्रशिक्षण केन्द्र स्थापनाको निम्ति आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेट ल्याउने मन्त्री गुरुङको भनाई छ ।

उनले अनलाइन सञ्चारमाध्यमहरु पौष मशान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरी गर्न सकिने व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे । लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोककल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर