महावु गाउँपालिकाले डाक्टर पायो – Nepal Press

महावु गाउँपालिकाले डाक्टर पायो

सुर्खेत । दैलेखको महावु गाउँपालिकाले डाक्टर पाएको छ । गाउँपालिकाले सञ्चालन गरेको महावु अस्पतालका लागि वीरेन्द्रनगरबाट एमबीबीएस डाक्टर शिशिर गिरी जाने भएका छन् ।

‘हामीले बारम्बार डाक्टरको माग गर्दा पनि पाउन सकेका थिएनौं तर सबै पक्षको सहयोगका कारण एमबीबीएस डाक्टर पाएका छौं’ गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले नेपाल प्रेससँग भने ‘अब यहाँका नागरिकलाई घरआँगनमै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अवसर आएको छ । यसलाई हामी सकेसम्म प्रयोग गर्ने र यहाँका बढीभन्दा बढी नागरिकलाई सेवा प्रदान गर्ने गरी अघि बढ्छौं । अब हाम्रो पालिकामा उपचार नै नपाई मर्ने दिन सकिएको छ । पालिकामा डाक्टर ल्याउने अभियानमा सहयोग गर्ने सबैप्रति गाउँपालिका धन्यवाद दिन चाहन्छ ।’

यसअघि डा. नवराज केसीले महावुमै पुगेर टेलिमेडिसिन सेवा शुरू गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *