टेलिकमले ल्यायो ‘एनटी च्याटबोट’ सेवा, अब सजिलै जानकारी लिन सकिने – Nepal Press

टेलिकमले ल्यायो ‘एनटी च्याटबोट’ सेवा, अब सजिलै जानकारी लिन सकिने

काठमडौं । नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिनका लागि ‘एनटी च्याटबोट’ सेवाको शुरुवात गरेको छ ।

टेलिकमका विभिन्न सेवा तथा सेवा प्रदान गर्ने विधिको बारेमा ग्राहकले कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकुन भन्ने उदेश्यले ‘एनटी च्याटबोट’ सेवा ल्याइएको टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रंजित लोहियाले बताए ।

कम्पनीको वेबसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखा पर्ने र त्यहिंबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सकिने पनि सह–प्रवक्ता लोहियाको भनाइ छ ।

च्याटबोटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली वा अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ ।

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिको बारेमा च्याट गरेर सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।

एनटी च्याटबोटको माध्यमबाट विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र गुनासो गर्न  सकिने व्यवस्था समेत गरिएको छ ।

गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभागका पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्था समेत टेलिकमले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर