उपराष्ट्रपति पुनको टिप्पणी: संसद विघटनले मुलुकलाई दुर्घटनातिर धकेल्यो – Nepal Press

उपराष्ट्रपति पुनको टिप्पणी: संसद विघटनले मुलुकलाई दुर्घटनातिर धकेल्यो

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर सही नगरेको बताए ।

उनले भने– संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुनु गलत छ । यसले राजनीतिलाई सही दिशामा लैजाँदैन ।

संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै उनले प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने बताए ।

पत्रकार महासंघसँगै पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको भन्दै उनले भने– मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्छ ।


प्रतिक्रिया

One thought on “उपराष्ट्रपति पुनको टिप्पणी: संसद विघटनले मुलुकलाई दुर्घटनातिर धकेल्यो

Leave a Reply to Durga Gelang Magar Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर