९१ करोड बिगो दाबीसहित राजस्व छलेको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर – Nepal Press

९१ करोड बिगो दाबीसहित राजस्व छलेको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले सर्लाहीका १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार ११ ओटा व्यापारिक फर्मको बैंक खाता सञ्चालन गरी राजस्व छलेको अभियोगमा बलरा–७ का सुबोध साह मुख्य अभियुक्त सहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

राजश्व छलेको अभियोगसहित ९१ करोड ३० लाख ५६ हजार ५१९ रुपैयाँ मागदावी गर्दै पाटन उच्च अदालतमा मुद्धा दायर गरिएको राजश्व भिभागले जानकारी दिएको छ। जसमा १० जना अभियुक्त र ३ जना मतियार बनाइएको विभागले बताएको छ ।

एस.वी.के. इन्टरनेशनल, डाइनामिक इन्टरनेशनल ट्रेड प्रालि, एन.एस. एक्टिभ इन्टरनेशनल प्रालि, क्राउन इन्टरनेशनल सप्लायर्स प्रालि,

मनरेगा सप्लायर्स, युनियन इम्पेक्स, मेगा राइज इन्टरनेशनल ट्रेड प्रालि, सनसाइन प्रोलिंक ट्रेड प्रालि, सी.बी.एस. इन्टरनेशनल सप्लायर्स प्रालि, टिटानियम सप्लायर्स प्रालि रेन्बो एक्टिभ सप्लायर्स प्रालिका नामबाट राजस्व छली भएको विभागको दाबी छ।

मुख्य कारोबारी, सवै फर्महरुका बैक खाता संचालक प्रतिवादी सुवोध साह समेतले कर बिजकको कारोवार गर्ने प्रतिवादीहरु सुरेन्द्र सहनी, सरोज कुमार मिश्र, कलिम अंसारी, अवधेश पटेल,

सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनी समेतको मिलेमतोमा देहायका फर्महरु खडा गरि वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको देखिएको विभागले बताएको छ ।

प्रतिवादीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी देहाय बमोजिम राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ) १० बमोजिम कारावाही हुने विभागले बताएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर