अमित शाहले नेपालबारेको अभिव्यक्ति फिर्ता लिनुपर्छ : एसडी मुनी – Nepal Press

अमित शाहले नेपालबारेको अभिव्यक्ति फिर्ता लिनुपर्छ : एसडी मुनी

काठमाडौं । नेपाल मामिलाका विज्ञ प्राध्यापक एसडी मुनीले भारतीय गृहमन्त्री अमित शाहको टिप्पणी फिर्ता लिनुपर्ने बताएका छन् । शाहको अभिव्यक्तिबारे थप प्रष्टीकरणको जरुरी रहेको उनले उल्लेख गरेका छन् ।

नेपाल र श्रीलंकामा सत्तारुढ दल बीजेपीले शासन गर्नुपर्छ भन्ने शाहको अभिव्यक्ति क्षेत्रीय सहयोग र एकीकरणको विपक्षमा भएको समेत मुनीले ट्वीटरमार्फत टिप्पणी गरेका छन् ।

शाहको अभिव्यक्ति विदेशमन्त्री एस जयशंकरको क्षेत्राधिकार र छिमेकी मुलुकको सार्वभौमसत्ता र राज्य संरचनाविरुद्ध लक्षित भएको समेत मुनीले उल्लेख गरेका छन् ।

त्रिपुराका मुख्मन्त्री विप्लव देवले यसैसाताको एक कार्यक्रममा शाहले नेपाल र श्रीलंकामा संगठन विस्तार गरेर बीजेपी सरकार बनाउनुपर्छ भनेर अभिव्यक्ति दिएको खुलासा गरेका थिए । उक्त अभिव्यक्तिको कांग्रेससहितका भारतीय विपक्षी दलले विरोध गरेको छ ।

नेपालले शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षणसहितको कुटनीतिक नोट पनि पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर