कांग्रेस केन्द्रीय समिति बैठक आज – Nepal Press

कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो दुई बजेपछि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका, आन्दोलनको समीक्षा तथा थप रणनीतिबारे छलफल हुनेछ ।

कांग्रेस महाधिवेशन यही फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने तय थियो ।

सो मितिमा महाधिवेशन नहुने निश्चित भएकाले संवैधानिक सुविधा प्रयोग गरि महाधिवेशनको नयाँ मिति तोक्नेबारे बैठकले निर्णय लिनेछ ।

सभापति शेरबहादुर देउवा २०७८ भदौमा महाधिवेशनको मिति तोक्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर