प्रदेश सरकारको पूर्वाधार निर्माणमा इन्फ्रास्ट्रक्चर बैंकको साथ – Nepal Press

प्रदेश सरकारको पूर्वाधार निर्माणमा इन्फ्रास्ट्रक्चर बैंकको साथ

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेका ठूला परियोजनाको पूर्वाधार विकासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सहयोग गर्ने भएको छ । प्रदेशको सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो सँगै बैंकले अब ठूला परियोजनाको पूर्वाधार विकासमा सहयोग गर्नेछ ।

समझदारीमा सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

प्रदेश १ मा रहेका संभाव्य आयोजना अघि बढाउन र उनीहरूको वित्तीय तथा प्राविधिक विश्लेषण गर्न, परियोजनाको बजारीकरण गर्न र विकासकर्ता छनौट गर्न बैंकले सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ ।

यससँगै बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी आयोजना अघि बढाउन सहयोग गर्ने पनि समझदारीमा उल्लेख छ ।

कार्यक्रममा निर्देशक कोइरालाले कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भैसकेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर