देवेन्द्र पौडेलको प्रस्ताव–संयुक्त आन्दोलनपछि संयुक्त सरकार बनाएर जानुपर्छ – Nepal Press

देवेन्द्र पौडेलको प्रस्ताव–संयुक्त आन्दोलनपछि संयुक्त सरकार बनाएर जानुपर्छ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) पक्षका नेता देवेन्द्र पौडेलले अहिलेको संकटलाई निकास दिन संयुक्त आन्दोलनमा जानु पर्ने र त्यसपछि संयुक्त सरकार बनाउनुपर्ने बताएका छन्।

मंगलबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले बैशामा चुनाव नहुने र त्यसपछि सरकार आफ्नो आयु लम्ब्याउन संकटकाल वा राष्ट्रपति शासनतिर जाने भन्दै त्यसलाई रोक्न संयुक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताए।

‘बैशाखपछि तोकिएको समयमा निर्वाचन भएन भने यो सरकार टिक्ने कुनै आधार छैन,’ उनको भनाइ छ, ‘सरकार लम्ब्याउने संकटकाल वा राष्ट्रपति शासन हो। त्यसकारण हामीले त्यहाँ पुग्न नदिन र हामीले प्राप्त गरेको लोकतन्त्रको रक्षा गर्नको निम्ति हामी संयुक्त आन्दोलनमा जानुको विकल्प छैन। यो राजनीतिक संकटको मोचन र यसलाई हल गर्ने भनेको संयुक्त जनआन्दोलन हो ।’

संयुक्त आन्दोलनपछिको अवस्थालाई निकास दिन संयुक्त सरकार बनाउनुपर्ने पौडेलको प्रस्ताव छ। उनी भन्छन्–संयुक्त जनआन्दोलको प्रक्रियाद्वारा यो प्रक्रियाको प्रतिवाद गरेर सहमतिको सरकार वा यसपछिको निकास दिने कुनै पनि प्रकारको नयाँ अध्यायको शुरुवात नगर्दासम्म यसले लिएर जाने भनेको अस्थिरतातिर हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर