सपना रोका मगरको चरित्रहत्या गर्ने विनयजंग बस्नेत पक्राउ – Nepal Press

सपना रोका मगरको चरित्रहत्या गर्ने विनयजंग बस्नेत पक्राउ

काठमाडौं । बीबीसीको विश्वकै शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्रहत्या गरेको र सार्वजनिकरुपमा धम्की दिएको आरोपमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सपनाको उजुरीका आधारमा  पक्राउ गरिएको जनाएको छ ।

नयाँ बसपार्कबाट उनलाई भर्खरै मात्र पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले नेपाल प्रेसलाई जानकारी दिए । उनले नयाँ बसपार्क गोंगबुबाट पक्राउ गरेर टेकु ल्याउन लागिएको बताए ।

पशुपति आर्यघाटमा बेवारिसे शव जलाएर चर्चामा आएका दुवैजनाबीच सपना बीबीसीको सूचीमा परेपछि मनमुटाव भएको थियो ।

बस्नेत विभिन्न विषयमा युट्युब च्यानलमा उत्तेजक र भ्रामक वक्तव्यबाजी दिएर भाइरल हुन खोजिरहेका व्यक्ति हुन् । उनले सपनाका नांगा तस्वीर र आपत्तिजनक भिडियो आफूसँग रहेको र ती सार्वजनिक गरिदिने धम्की दिएपछि सपना प्रहरीसमक्ष पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर