आरआरमा नेकपाका दुई समूहबीच झडप, ओली पक्षले दाँत भाँचिदिएको स्ववियु सभापतिको आरोप – Nepal Press

आरआरमा नेकपाका दुई समूहबीच झडप, ओली पक्षले दाँत भाँचिदिएको स्ववियु सभापतिको आरोप

काठमाडौं । सरस्वती पूजाको विषयमा विवाद हुँदा काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विभाजत नेकपाका दुई पक्षका विद्यार्थीबीच झडप भएको छ ।

ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड माधव पक्षका विद्यार्थीको दाँत भाँचिएको आरआरका स्ववियु सभापति तपेन्द्र शाहीले दावी गरेका छन् ।

ओली पक्षले भने प्रचण्ड माधव पक्षले झडप निम्त्याएर आफूमाथि आक्रमण गरेको दावी गरेको छ ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको शाहीले बताए ।

ओली पक्षका विद्यार्थी नेताविरुद्ध प्रचण्ड–माधव पक्षले प्रहरीमा उजुरी दिएको छ । प्रहरीले भने विद्यार्थीका दुई समूहबीच झडप भए पनि क्याम्पसभित्र प्रहरी प्रवेश गर्न नमिल्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर