ओली पक्षमा लागेको घोषणा गर्दै रासकोटका मेयरले भने– प्रचण्ड पक्षले पेलेपछिको विस्फोट – Nepal Press

ओली पक्षमा लागेको घोषणा गर्दै रासकोटका मेयरले भने– प्रचण्ड पक्षले पेलेपछिको विस्फोट

सुर्खेत । नेकपा विभाजनपछि तत्कालीन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि विभाजित भए पनि पूर्वमाओवादीबाट निर्वाचितहरु प्रायः सबै प्रचण्ड पक्षमै उभिएका छन् ।

तर माओवादीको आधार क्षेत्र मानिएको कालिकोटबाट निर्वाचित पूर्वमाओवादी पक्षका एकजना मेयर तथा प्रभावशाली जिल्ला नेता काशीचन्द्र बरालले भने प्रचण्ड पक्षसँगको सम्बन्ध तोडेका छन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटको रास्कोट नगरपालिकाका मेयर बराल केपी ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने निश्चित भएको छ ।

हाल काठमाडौंमा नेताहरुसँग निरन्तर छलफलकै क्रममा रहेका मेयर बरालले नेपाल प्रेससँग कुरा गर्दै कहिले ओली पक्षमा प्रवेश गर्ने टुंगो नलागेको बताए ।

‘मैले टिम बदलेको सत्य हो । कहिले घोषणा हुन्छ भन्ने कुरा अहिले निक्र्योल भइसकेको छैन । केही दिनमा औपचारिक रुपमा म ओली पक्षमा समुहमा लागेको घोषणा गर्छु’ उनले भने ।

बरालले भने– प्रचण्ड पक्षले राजनीतिक संस्कार खत्तम बनाए । त्यही समूहमा रहेर काम गर्न सक्ने वातावरण भएन । अति पेलेपछि विस्फोट हुने रहेछ, भयो।


प्रतिक्रिया

One thought on “ओली पक्षमा लागेको घोषणा गर्दै रासकोटका मेयरले भने– प्रचण्ड पक्षले पेलेपछिको विस्फोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर