उत्तरचढाबबीच नेप्से, १५ अंकले बढ्यो – Nepal Press

उत्तरचढाबबीच नेप्से, १५ अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक मंगलबार १५.५० अंकले बढेको छ । आज बजार खुलेदेखि नै बढ्न थालेको नेप्से केही मिनेटको कारोबारमा नै परिसूचकले २०२३ विन्दु छोएको थियो । यो अहिलेसम्म कै उच्च विन्दु हो । तर, त्यसपछि घट्न पुगेको नेप्सेले आज उतरचढावको सामाना गर्नु पर्‍यो ।

त्यसपछि नेप्सेमा केही गिरावट आउँदै आज २६०१.५१ विन्दुमा कारोबार बन्द भएको छ । आज भएको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ताको किनबेचमा १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज भएको कारोबारमा नबिल बैंकको सार्वाधिक ५२ करोड रुपैयाँको कारोबार भएको छ । यसैगरी ग्लोबल आइएमी बैंक लिमिटेडको ४२ करोड, नेपाल बैंकको ३९ करोड, निको इन्स्योरेन्स कम्पनीको ३६ कारेड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी आज सबैभन्दा बढी कमाउने कम्पनीमा चन्दागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मिर्मिरे माइक्रो फाइनान्सलगायत ५ ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर