अन्तरजातीय प्रेमकथामा फिल्म ‘घिन्ताङ’ बन्ने, गौरव र लक्ष्मी लिड रोलमा – Nepal Press

अन्तरजातीय प्रेमकथामा फिल्म ‘घिन्ताङ’ बन्ने, गौरव र लक्ष्मी लिड रोलमा

काठमाडौं । दीपक श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘घिन्ताङ’को शुभमुहूर्त राजधानीमा मंगलबार गरिएको छ । कमलादी गणेश मन्दिरमा पूजाआजा गर्दै कास्ट एन्ड क्रिउले फिल्म निर्माणको घोषणा गरे ।

अन्तरजातीय प्रेमकथाको सम्बन्ध पेश गर्ने फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवाको मुख्य भूमिका हुनेछ । फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ लगायतको अतिथि भूमिका पनि हुनेछ ।

नेपाल प्रेससँग कुरा गर्दै फिल्मले अन्तरजातीय सम्बन्धलाई चित्रण गर्ने बताए । शुक्रबारदेखि छायांकन सुरु हुने फिल्मलाई काठमाडौं र कुलेखानी क्षेत्रमा खिचिने भएको छ ।

फिल्मको निर्माण नियन्त्रकमा पुष्कर लामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *