विद्याकी देवीको आराधना गरी आज सरस्वती पूजा मनाइँदै (तस्बिरहरु) – Nepal Press
विद्याकी देवीको आराधना गरी आज सरस्वती पूजा मनाइँदै (तस्बिरहरु)
२०७७ फागुन ४ गते ९:३९

काठमाडौं । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पंचमीका दिन मनाइने श्रीपंचमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिंदैछ ।

वसन्त ऋतुको शुरुआत हुने भएकाले वसन्त पंचमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।

विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।

आजको दिन आफैंमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ ।