लुम्बिनी प्रदेश सरकारले पहिलो पटक मनायो स्थापना दिवस स्थायी राजधानीमा – Nepal Press

लुम्बिनी प्रदेश सरकारले पहिलो पटक मनायो स्थापना दिवस स्थायी राजधानीमा

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी देउखुरीमा स्थापना दिवस मनाएको छ । प्रदेश सभाको बैठकबाट असोज २० गते लुम्बिनी प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेपछि पहिलो पटक स्थायी राजधानीमा प्रदेश सभाले स्थापना दिवस मनाएको हो ।

५ महिनाको अवधीमा प्रदेश सरकारले राजधानी कार्यान्वयनको लागी नीतिगत निणर्यसहित राजधानीको गुरुयोजना निर्माणको काम अघी बढाएको छ । सोमबार राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन समेत गरिएको छ ।

यस अघी देउखुरीको विजौरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको थियो । अवको ८ महिना भित्र गुरुयोजना बन्ने र त्यसपछी प्राथमिकताका आधारमा पूर्वाधा बन्ने क्रम सुरु हुने मुख्यमन्त्री शंकर पोख्रेलले बताए ।

पहिलो चरणमा राजधानी क्षेत्रमा प्रदेश सरकार तथा प्रदेश सभा अन्तरगतका प्रशासनिक कार्यालयको पूर्वाधार बनाइने छ । अवको दुई बर्ष भित्र यी संरचना बनाउने र प्रदेश सभा सदस्यको चुनाव अघि राजधानी संग जोडिएका प्रशासनिक कार्यालय राजधानी क्षेत्रमा स्थापना गरिने सरकारले योजना रहेको उनको भनाई छ ।

प्रदेश सरकार स्थापना भएपछी पूर्वाधार विकासमा ४ सय ३ किलोमिटर सडक कालोपत्रे, ४ सय ९४ किलोमिटर सडक ग्राभेल, ७ सय ८७ किलोमिटर कच्ची सडक निर्माण, ३ सय ३१ किलोमिटर नयाँ ट्रयाक खोलिएको मुख्यमन्त्री पोख्रेलले जानकारी दिए ।

यस्तै २८ वटा नयाँ पक्की पुल निर्माण भएको, ९ वटा झोलुङ्गे पुल बनेको, ७५ वटा नयाँ पक्की पुलको डिपिआर तयार भएको छ । ३ हजार ३ सय ३९ गरिब, विपन्न दलित, मुस्लिम, अल्पसंख्यक परिवारलाई पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको पनि प्रदेश सरकारको उपलब्धिमा उल्लेख छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संघियता कार्यान्वयनको पहिलो अध्याय प्रदेशको राजधानी र नामको टुंगो लगाएर सुरु भएको बताए ।

यसैविच प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरेको छ । बुद्ध शान्ति पदकबाट आचार्य डा. भिक्षु अमृतानन्दलार्इ मरणोपरान्तबाट विभुषित गरिएको छ ।

प्रदेश प्रमुख जनसेवा पदकबाट गुम्राह थारुलाई मरणोपरान्तले विभुषित गरिएको छ । मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट दाङका माणिकलाल गौतमलाई र प्रदेश रत्न पदकबाट दाङका युवा बैज्ञानिक मार्सल रोकालाई विभुषित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर