महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारविच सम्झौता पत्रमा हस्ताक्षर – Nepal Press

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारविच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि ३ वटै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदुरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच संस्कृति,पर्यटन तथा उडड्यन मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख छ ।

विमानस्थलको सुदृढीकरण, स्तरोन्नती र जग्गा अधिग्रहण गर्नका लागि संघीय सरकारले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमा उपलब्ध गराउने जनाइएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले विमानस्थल सञ्चालनका लागि सबै एकै ठाउँमा आइपुगेका कारण सम्झौता गर्ने परिस्थिति बनेको बताए ।

सम्झौता पत्रका अनुसार भिमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको धावनमार्गको लम्बाई कम्तिमा १ हजार ६ सय मिटरसम्म बिस्तार गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *