आहा ! पुरानै सिंहदरबारको नयाँ स्वरुप (तस्बिरहरु) – Nepal Press
आहा ! पुरानै सिंहदरबारको नयाँ स्वरुप (तस्बिरहरु)
नेपाल प्रेस २०७७ फागुन ३ गते १८:०६
२०७७ फागुन ३ गते १८:०६

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय करीब ६ वर्षपछि आफ्नै भवनमा फर्किएको छ त्यो पनि आहा भन्ने स्वरुपमा ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कार्यालयको उद्घाटन गरेका हुन् । पुननिर्मित भवन अत्याधुनिक बनाइएको छ । पश्चिम भागबाहेक मूल सिंहदरबारको सबै भाग पुनर्निर्माण सम्पन्न भएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यहींबाट संचालन हुनेछ ।

तस्बिरहरु : राजन काफ्ले