अवैध रुपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने तीन जना पक्राउ – Nepal Press

अवैध रुपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने तीन जना पक्राउ

पर्सा । अवैध रुपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने ३ जनालाई ट्याङ्कर सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका -३ बस्ने ३३ वर्षीय राम कृष्ण उप्रेती, २१ वर्षीय अशोक पाख्रिन र पर्सा बीरगंज महानगरपालिका-२२ बस्ने ३४ वर्षीय शम्भु महतो रहेका छन् ।

वीरगंज महानगरपालिका -२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ना.७ ख १५११ नम्बरको ट्याङ्करको च्याम्वर र फ्युल ट्याङकमा गरी १ हजार ३ सय ६० लिटर डिजेल भरी अवैध रुपमा चोरी निकासी गर्नको लागि आईसिपिको मूल बाटो हुँदै भारततर्फ जादै गरेका  थिए ।

साेही  आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आईसिपिको मूलगेटबाट ट्याङ्करका चालक रामकृष्ण, सह-चालक अशोक तथा उक्त डिजेल चोरी निकासीमा सहयोग गर्ने स्वेता आयल ट्रेडर्सका शम्भु महतो समेतलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर