नक्कली डाक्टर बनेर सिफारिस गरिदिएपछि… – Nepal Press

नक्कली डाक्टर बनेर सिफारिस गरिदिएपछि…

काठमाडौं । नक्कली डाक्टर बनी सिफारिस गरेको आरोपमा  एक जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका -३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका -८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई आइतबार पक्राउ गरेको हाे ।

नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरे पछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनुपर्ने प्रकृया थियो ।

तर गत असोज ६ गते डा. कृष्ण रिजालको निबेदन फारममा जितेन्द्रले डा. जितेन्द्र शर्मा, एनएमसी रजिष्ट्रेशन नम्बर २३६४ लेखी सहिछाप गरेकोमा कीर्ते गरेको शंकालागि अनुसन्धान गर्ने क्रममा उनले नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स प्राप्त नगरी सहिछाप गरेको खुल्न आएको हो ।

उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पन्थीलाई लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *