विश्व नम्बर दुई नाडल अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा – Nepal Press

विश्व नम्बर दुई नाडल अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

काठमाडौं । विश्व नम्बर दुई राफेल नाडल वर्षको पहिलो ग्राण्डस्लाम अस्टे«लियन ओपनको क्वार्टरफाइनलमा पुगेका छन् ।

सोमबार भएको प्री–क्वार्टरफाईनलमा विश्व बरियताको १६औँ स्थानमा रहेका फ्रेन्च खेलाडी फाबियो फोगनिनीलाई ६–३, ६–४, ६–२ को सेटमा पराजित गर्दै २० पटकका ग्राण्डस्लाम च्याम्पियन नाडाल अन्तिम आठमा पुगेका हुन् ।

उनले सेमिफाइनल प्रवेशका लागि विश्व बरियताको पाँचौ स्थानका ग्रीक खेलाडी स्टेफेनस सिट्सिपससँग प्रतिसपर्धा गर्नेछन् ।

पहिलो चरणको खेलमा लास्लो डिजरलाई ६–३, ६–४, ६–१ को सोझो सेटमा पराजित गरेका नाडलले दोस्रो चरणमा माइकल मोलाई ६–१, ६–४, ६–२ को नतिजामा हराएका थिए ।

नाडालले तेस्रो चरणको खेलमा क्यामेरोन नोरीलाई ७–५, ६–२, ७–५ को सेटमा पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेका थिए ।

पहिलो चरणको खेलमा गिलेस साइमोनलाई ६–१, ६–२, ६–१ को सेटमा पराजित गरेका सिट्सिपसले दोस्रो चरणमा थानासी कोकिनाकिसलाई ६–७ ९५–७०, ६–४, ६–१, ६–७ ९५–७०, ६–४ को सेटमा पराजित गरेका थिए ।

सिट्सिपस तेस्रो चरणमा माइकल यमरलाई ६–४, ६–१, ६–१ को सेटमा पराजित गर्दै चौथो चरणमा पुगेका थिए । चौथो चरणमा नवौं बरियताका इटालियन खेलाडी मातेओ बरेटिनीले वाक ओभर दिएपछि सिट्सिपसको भेट २० पटकका च्याम्पियन नाडालसँग निश्चित भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *