नेपालका लागि अष्ट्रेलियाली राजदूतमा फेलिसिटी भक – Nepal Press

नेपालका लागि अष्ट्रेलियाली राजदूतमा फेलिसिटी भक

काठमाडौं । नेपालको लागि अष्ट्रेलियाली राजदूतमा फेलिसिटी भक नियुक्त भएकी छिन् । भकले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाइन् ।

अघिल्ला राजदूत पिटे बडको स्थानमा कार्यभार सम्हाल्न भक काठमाडौं आइपुगेकी हुन् । यसअघि बंगलादेश र लाओसमा उनले राजदूतको रुपमा कार्यभार पुरा गरेकी थिइन् ।

राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि ट्वीट गर्दै उनले अष्ट्रेलिया र नेपालबीच नागरिकस्तरमा सम्बन्ध विस्तार गर्न आफू केन्द्रित हुने समेत उल्लेख गरेकी छिन् ।

राजदूत भक साहित्यकार पनि हुन् । परराष्ट्र सेवामा काम गर्नुअघि उनले क्वीन्सल्यान्ड विश्वविद्यालयमा अंग्रेजी साहित्य र कानुनको अध्ययन पनि गरेकी थिइन् । उनीद्वारा लिखित उपन्यास डिजायर लाइन्स र लाइटनिङ प्रकाशित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर