संसद विघटन ओलीको ‘राजनीतिक अपराध’ : कांग्रेस नेता आचार्य – Nepal Press

संसद विघटन ओलीको ‘राजनीतिक अपराध’ : कांग्रेस नेता आचार्य

विराटनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन ‘राजनीतिक अपराध’ भएकाले उनी दण्डित हुनुपर्ने बताएका छन् ।

नेपाली जनताले कम्युनिष्‍टलाई पाँच वर्ष सरकार सञ्चालन गर्न मत दिएको भए पनि ओलीले जनमतको अपमान गरेको आचार्यको टिप्पणी थियो ।

सोमबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता आचार्यले संसद पुनःस्थापनाको विकल्प नरहेको पनि बताए । प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमलाई अदालतले पुनःस्थापन गर्नेमा म विश्‍वस्त छु । अदालतले संसद पुनःस्थापन नगरेको खण्डमा भने कांग्रेस चुनावमा जान्छ ।’

नेता आचार्यले कांग्रेस आक्रामक रूपमा आन्दोलनमा जाने पक्षमा नरहेको स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर