विकासमा पहुँचका लागि प्रदेश संरचना अत्यावश्यकः सभामुख शाही – Nepal Press

विकासमा पहुँचका लागि प्रदेश संरचना अत्यावश्यकः सभामुख शाही

सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जनताको विकासमा पहुँच पुर्‍याउन प्रदेश संरचना अत्यावश्यक भएको बताएका छन् ।

कर्णाली प्रदेश सरकारले तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको वार्षिकोत्सवमा संघीयताले नै विकास र आम नागरिकलाई सेवा दिने दाबी गरेका हुन ।

‘केहि विद्धानहरुले देशमा प्रदेश संरचना आवश्यक नभएको बताउँदै आएका छन् ।’ उनले भने, ‘प्रदेश संरचना सञ्चालन गरिरहेका कार्यकारी निकायमा बसेकाहरुले जवाफदेहिता र पारदर्शिता कायम गर्न सक्नुपर्छ । जवाफदेहिताका माध्यमबाट जनताको मन जित्न आवश्यक छ । विगतमा हामीबाट कुनै असंगत भएका हुनसक्छन । आगामी दिनमा त्यसलाई सुधार गरेर अघि बढन आवश्यक छ ।’

उनले व्यवस्था र सरकारलाई स्थापित गर्न सरकारका क्रियाकलाप सिर्जनात्मक बनाउनुपर्ने सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर