अनुपराजको लिखित जवाफ-३२ वर्षे वकिलको सस्तो चर्चा कमाउने दुषित मनसाय (पूर्णपाठसहित) – Nepal Press
अवहेलना मुद्दा

अनुपराजको लिखित जवाफ-३२ वर्षे वकिलको सस्तो चर्चा कमाउने दुषित मनसाय (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा विघटनविरद्धको मुद्दा सुनुवाइ भइरहेका बेला संयुक्त रूपमा विज्ञप्तिमार्फत पुनःस्थापनाको पक्षमा अभिव्यक्ति दिएका चार पूर्वप्रधानन्यायाधीशमध्ये अनुपराज शर्माले अवहेलना मुद्दामा अलग्गै लिखित जवाफ पेश गरेका छन् ।

सोमवार अन्य तीन पूर्व प्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, सुशीला कार्की र कल्याण श्रेष्ठसहित सर्वोच्च पुगेका शर्माले लिखित जवाफ भने बेग्लै दिएका हुन् । उनले आफूसमेतको वक्तव्यले अदालतको अवहेलना नहुने र न्याय सम्पादनमा हस्तक्षेप भएको नमानिने जिकिर गरेका छन् ।

शर्माले आफूविरुद्ध अवहेलना मुद्दा दायर गर्ने अधिवक्ताको उमेर आफ्नो न्यायिक करिअरको जति पनि नरहेको भन्दै निवेदन खारेज गरिपाउँ भनेका छन् ।

शर्माको लिखित जवाफमा भनिएको छ, ‘निवेदक (अधिवक्ता धनजित बस्नेत) को उमेर ३२ वर्षको देखिन्छ । मेरो ४३ वर्षको अनुभवलाई ध्वस्त पार्ने कुनियत राखी सस्तो चर्चा कमाउने दुषित मनसायले विपक्षीले निवेदन दायर गरेको देखिन्छ ।’

शर्माले बहालवाला न्यायधीशले समेत नागरिक सरह अदालतको मर्यादा राखी बोल्न पाइने सिद्धान्त रहेको भन्दै आफूहरुको पुस २४ को विज्ञप्तिले विचाराधीन मुद्दालाई इंगित नगरेको बताएका छन् । उनले आफू मानवअधिकार आयोगको पूर्वअध्यक्ष समेत रहेको विषय समेत उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर