पछिल्लो एक वर्षमा सरकार विभिन्न दलको गठबन्धनको सरकार जस्तो बन्यो : प्रधानमन्त्री – Nepal Press

पछिल्लो एक वर्षमा सरकार विभिन्न दलको गठबन्धनको सरकार जस्तो बन्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको काममा शुरुदेखि नै अवरोध भएको आरोप लगाएका छन् ।

काम गर्ने सन्दर्भमा पछिल्लो एक वर्षमा आफ्नो सरकार विभिन्न दलहरुसँग मिलेर बनेको गठबन्धन सरकार जस्तो भएको ओलीको भनाइ छ।

‘शुरुदेखि नै सरकार संचालनमा केही अप्ठ्यारा थिए नै’ओलीको भनाइ छ, ‘विभिन्न ढंगले काममा व्यवधान गराउन खोजेका थिए । पछिल्लो एक वर्षमा विभिन्न दलको गठबन्धनको सरकार जस्तो बन्यो काम गर्ने सन्दर्भमा।’

झण्डै तीन वर्षदेखि संवैधानिक निकायका पदाधिकारीविहीन भए पनि नियुक्ति प्रक्रियामै जान नदिने कोशिश भएको प्रधानमन्त्रीको दाबी छ।

‘संसदमा पेश भएका कैयौं विधेयक छलफलमा लगिएन’ ओली भन्छन्, ‘बल्ल समितिमा पुगेका विधेयक अनावश्यक गोलचक्करमा फसेका छन्, फसाइन्छ । राजदूत खाली छन्, नियुक्ति गर्न दिइँदैन । संवैधानिक निकायमा कसैको सिफारिस गरियो भन्ने कचिङ्गल मच्चाइन्छ । आफ्नै दलबाट समेत संसदीय समितिमा अवरोध गरिन्छ ।’

सरकारका निकायमा अनुपयुक्त मान्छे सार्ने वा नियुक्ति नै हुन नदिएर समानान्तर सरकार संचालन गर्ने काम समेत भएको उनको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर